गोदावरीका प्रमुख महर्जन दम्पतीलाई कोरोना-Sutra News

गोदावरीका प्रमुख महर्जन दम्पतीलाई कोरोना

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनका पत्नी गंगामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। असोज ६ गते उनीहरुले स्वाव संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो।



गाह्रो भएपछि मात्र अस्पताल जाने भनेर महर्जन दम्पती होम आइसोलेसनमा बसेका छन्। उनले भने, ‘मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु।’

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ। उनीहरु हालः दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट