विदेशबाट आएका महिलालाई नकारात्मक दृष्टिकोणले नहेरौं : मन्त्री गुरूङ-Sutra News

विदेशबाट आएका महिलालाई नकारात्मक दृष्टिकोणले नहेरौं : मन्त्री गुरूङ

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले कोरोना भाइरसका कारण वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको रोजगारी र पुनःस्थापनाका लागि काम गरिरहेको बताएका छन्। ‘वैदेशिक रोजगारबाट समस्यामा परी फर्किएका महिला, बालबालिका तथा गर्भवती महिलाहरूको विषयक’ वेविनार कार्यक्रममा बोल्दै मन्त्री गुरूङले नेपाली समाजले उनीहरुलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताए।



वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका महिला गर्भधारण गरेरमात्रै आउँछन् भन्ने मानसिकता गलत रहेको र त्यसलाई परिवर्तन गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले भने, ‘सम्मानजनक रुपमा रोजगारी गरेर फर्किएका महिलालाई विदेशमा गएर कहाँ बस्यो, कोसँग बस्यो भन्दै समाजबाट बहिस्कृत, तिरस्कृत तथा परिवारबाट अपिहेलित गर्न हुँदैन।’

रोजगारीबाट फर्किएका महिलाका समस्यालाई सकारात्मकरुपमा लिएर रुपान्तरणमा सबै पक्ष एकाकार हुनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले भने विदेशबाट आएका महिलालाई हामीले अपमानमात्र होइन, अनुचित शंका नगरौं, विदेशमा जाने महिला के कारणले बाध्य भएका छन्। फर्केर आएपछि त्यसको विष्लेषण गरौं र सुखदुख सुनौं।’

उनले विदेशमा जाँदा पनि ठगिएर रुँदै, शोषित भई जानुपर्ने र फर्केर आउँदा पनि समाजले बहिस्कार गर्ने परिस्थितिलाई कसरी परिवर्तन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए। उनले भने, ‘समाजमा रहेको गलत मानसिकता तथा विचारलाई कसरी रुपान्तरण गर्ने र कसरी जनचेतना दिने भन्ने विषयमा विभिन्न संघसंस्थासँगको सहकार्यमा सरकारले कार्यक्रम ल्याउनेछ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट