राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीले भने- विश्व मास्क चाहन्छ, बन्दुक होइन-Sutra News

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीले भने- विश्व मास्क चाहन्छ, बन्दुक होइन

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं– प्रधामन्त्री केपी शर्मा ओलीले बन्दुक नभइ विश्वले अहिले धेरै मास्क चाहेको बताएका छन। संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।



‘विश्वले धेरै मास्क चाहान्मछ, बन्दुक होइन्,’ महासभालाई केही बेरअघि सम्बोधन गरेका ओलीको भनाइ थियो, ‘धेरै प्रोटेक्टिभ उपकरण चहान्छ, न कि विनकाकारी हतियार। जीवन बचाउन धेरै समाजिक लगानी चाहन्छ, बिनास गर्न सैन्य लगानी होइन।’

अहिले आफूहरु असमान्य अवस्थाबाट गुज्रिरहेको बताउँदै ओलीले कोभिड–१९ का कारण पहिले नै अनिश्चित अन्तर्राष्ट्रिय व्यवस्थामा थप संकट थपिएको उल्लेख गरे।

शस्त्रको प्रतिस्पर्धा, वातावरण परिर्वतन र प्रकोपजस्ता चुनौतिले शान्ति र दीगो विकासका सम्भवनामा बाधा पुर्‍याएको प्रधामन्त्री ओलीको भनाइ छ।

सबै द्वन्द्वको सम्बन्धित देशका जनताले अपनत्व लिएको शान्तिपूर्ण समाधनका लागि नेपालले आह्वान गर्ने प्रधानमन्त्रीको भनाइ थियो।

नेपाल सरकार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्ताको रक्षा गर्न र छिमकी तथा विश्वका अन्य देशसँग मित्रवत सम्बन्ध राख्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ। ‘हामी समानता, पारस्पारिक सम्मान र न्यायमा आधारित समावेशी र निष्पक्ष विश्व व्यवस्थाको पक्षमा छौं,’ ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट