कोभिड–१९ का कारण ७६ हजार ९ सय ६७ नेपाली फर्किए, सबैभन्दा बढी युएईबाट-Sutra News

कोभिड–१९ का कारण ७६ हजार ९ सय ६७ नेपाली फर्किए, सबैभन्दा बढी युएईबाट

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन्।



कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् ।

मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्स (युएई) बाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन्। उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन्।
केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३ सय ६, कुवेतबाट ८ हजार ३ सय ३५, मलेसियाबाट ११ हजार ३ सय ५२, साउदी अरेबीयाबाट ११ हजार ८ सय १९, दक्षिण कोरियाबाट १ हजार ४ सय ४७, बहराइनबाट १ हजार २ सय ७४, ओमनबाट १ हजार १ सय ५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९ सय ३६ छन्।
 
स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५ सय ४६, प्रदेश नं २ का ११ हजार ९सय ९, वाग्मती प्रदेशका १८ हजार २ सय ४७, गण्डकी प्रदेशका ८ हजार ९ सय ७३, प्रदेश नं ५ का ११ हजार ४ सय ५०, कर्णाली प्रदेशका १ हजार ५ सय १८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७ सय ३७ रहेको केन्द्रले जनाएको छ।
 
फर्कने मध्ये ८हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट