आँखा अस्पतालले भित्र्यायो भिट्रेक्टोमी र अप्टिकल कोहरेन्स टोमोग्राफी-Sutra News

आँखा अस्पतालले भित्र्यायो भिट्रेक्टोमी र अप्टिकल कोहरेन्स टोमोग्राफी

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- नेपाल आँखा अस्पतालले युरोपबाट दुई उपकरण खरीद गरेर नेपाल भित्र्याएको छ। अस्पतालले रेटिना शल्यक्रिया सम्बन्धी अत्याधुनिक भिट्रेक्टोमी उपकरण र अप्टिकल कोहरेन्स टोमोग्राफी थप गरेको हो । 



युरोपियन कम्पनीको इभा डोर्स मोडलको उक्त अत्याधुनिक मेशिनमार्फत् थप सेवा सुचारु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर कमल बहादुर खड्काले जानकारी दिए।

हाई स्पिड भिट्रेक्टोमी सिष्टम भएको भिट्रेक्टोमी उपकरणको कटिङ्ग स्पिड १५ हजार कट प्रतिमिनेट रहेको छ। यो मेसिनद्वारा एन्टेरियर सेगमेन्टमा मोतिबिन्दुको फेको इमस्लिफिकेशन सर्जरी रपोष्टेरियर सेगमेन्टमा भिट्रो रेटिनर सर्जरी गरी डायबिटिक रेटिनोपेथीको उपचार गर्न सकिने डा खड्काले जानकारी दिए।

‘एन्टेरियर च्याम्बर–पोष्टेरियर चेम्बर भिट्रेक्टोमी दुवै अपरेशन हुने यो मेशिनको उपलब्धतासँगै हामी आफ्नो सेवाको नयाँ प्रविधिको चरणमा प्रवेश गरेका छौं,’ डा खड्काले भने।

यसको मूल्य करिव १ करोड रहेको अस्पतालले जनाएको छ। यसैगरी अस्पतालले एक करोड ८ लाख पर्ने नयाँ अप्टिकल कोहरेन्स टोमोग्राफी मेशिन पनि ल्याएको हो।

उच्च जर्मन प्रविधि रहेको मेशिन रहेका जुन मेशिनले रगतमा (फ्लोरोसिन डाई) बिना आँखाको पर्दाको सम्पूर्ण धमनी सम्बन्धी रोगको सुक्ष्म अध्ययन गरी रोग निदान गर्न सकिने र जलविन्दु सम्बन्धी आरएनएफएलको थ्रि डी इमेज इनालाइसिस तथा आँखाको एन्टेरियर सेगमेन्टको पनि थ्रि डि इमेज एनालाइसिस खिच्ने क्षमता भएको डा. खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट