कोरोना संक्रमणबाट एक शिक्षकको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट एक शिक्षकको मृत्यु

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- कोरोना सङ्क्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको  संक्रमणबाट मृत्यु भएको हो।



उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए।

ज्वँरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो।

धरानमा भर्ना भएका उनीको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो।

यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट