भरतपुर- चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका-९ का ३० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजोमात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए।
जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ। तीमध्ये चितवनका १८, मकवानपुरका सात, नवलपरासीपूर्वका पाँच, कैलालीका दुई, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक-एक जना रहेका छन्।