थप १२०७ जनामा कोरोना संक्रमण, हालसम्म ५३ हजार संक्रमित निको भए-Sutra News

थप १२०७ जनामा कोरोना संक्रमण, हालसम्म ५३ हजार संक्रमित निको भए

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप ११४७ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५३ हजार १३ जना कोरोनामुक्त भएका छन्।

शनिबार थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट