ब्राजिलमा ‘कोभिड-१९’ को संक्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु-Sutra News

ब्राजिलमा ‘कोभिड-१९’ को संक्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

ब्रासिलिया- ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन। यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ।



पछिल्लो २४ घण्टामा ९२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५३७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३१ हजार ३६० जना संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा अहिलेसम्म ४६ लाख ८९ हजार ९६५ जना संक्रमित भएका छन्। त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० लाखभन्दा बढी संक्रमित ठिक भएका छन्। ब्राजिल विश्वमा अमेरिका र भारतपछि सबैभन्दा धेरै संक्रमित हुने देशमा पर्दछ।

अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा बढी नागरिक कोरोनाबाट संक्रमित भएका छन् भने भारतमा करिब ५९ लाख नागरिक यसका संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट