जापानका नयाँ प्रधानमन्त्री सुगा विना सर्त किमलाई भेट्न तयार-Sutra News

जापानका नयाँ प्रधानमन्त्री सुगा विना सर्त किमलाई भेट्न तयार

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

न्युयोर्क- जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन्। उनलाई आफूले विना शर्त भेट्न तयार रहेको पनि शुक्रबार स्पष्ट पारेका हुन्।



उनले भनेका छन्, ‘जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन।’ संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे।

उनले जापान-डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्बन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे। ‘आपसी सम्बन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,’ उनले भने।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा नै आफू रहेको पनि जानकारी दिए। उनले भने, ‘हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुर्याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्बन्धको आवश्यकता छ।’ एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट