भारतमा सक्रिय संक्रमित संख्या नौ लाख ६० हजार-Sutra News

भारतमा सक्रिय संक्रमित संख्या नौ लाख ६० हजार

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट कूल संक्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि संक्रमित अवस्थामै रहेका छन्। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका हुन्।



भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी संक्रमित भएका छन्।

भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको संख्या ९३ हजार ३७९ पुगेको छ। तीमध्ये एक हजार ८९ संक्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो।

कोरोना भाइरबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ४८ लाख ४९ हजार ५८५ रहेको छ। प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन्।

भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट