

काठमाडौं- सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारको तुलनाा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।
शुक्रबार यसको मूल्य ९३ हजार नौं सय रुपैयाँमा थियो। यता तेजावी सुनकोे भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर ९२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार यसको मूल्य ९३ हजार चार सय रुपैयाँ थियो। यता चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर एक हजार एक सय ५० रुपैयाँ कायम भएछ। गत शुक्रबार यसको भाउ प्रतितोला एक हजार एक सय ६० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्