कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त-Sutra News

कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

काठमाडौं- सरकारले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। यसअघि उनी नार्ककै निमित्त कार्यकारी निर्देशक थिए।



आज बसेको मन्त्रिपरिषद् बैठकले डा. भण्डारीलाई वरियतामध्येबाट कार्यकारी निर्देशक नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। नार्कको उक्त पद तीन वर्षदेखि रिक्त थियो।

त्यस्तै नेपाल-इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्झौतामा हस्ताक्षर गर्ने जिम्मा इजरायलका नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट