प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण-Sutra News

प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

जनकपुर- प्रदेश नं २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरेको छ। मुख्यमन्त्री लालबाबु राउतलाई आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्।



प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ। प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्यका मार्गचित्र, जनसाङ्ख्यिक स्थिति विवरण, प्रदेश पाश्र्वचित्र, प्रदेश अनुगमन तथा मूल्यांकन दिग्दर्शन एवं प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट