नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण, एकैदिन दस जनाको मृत्यु-Sutra News

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण, एकैदिन दस जनाको मृत्यु

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप ८८५ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५३ हजार ८९८ जना कोरोनामुक्त भएका छन्।

आइतबार थप १० जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट