खाडी मुलुकबीच युएई कसरी ‘सुपरपावर’ बन्यो ?-Sutra News

खाडी मुलुकबीच युएई कसरी ‘सुपरपावर’ बन्यो ?

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

सन् २०२० संयुक्त अरब ईमिरेट्स (युएई)को निमित्त निकै महत्वपूर्ण वर्ष साबित भएको छ । यही वर्ष युएईले मंगल ग्रहसम्मको आफ्नो मिसनको सुरुवात गरेको छ । इजरायलसँगको ऐतिहासिक शान्ति वार्तामा पनि हस्ताक्षर गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न पनि निकै सफलता हासिल गरेको छ । र, आफ्नै जहाजमा युएईले बेलायतलाई पर्सनल प्रोटेक्टिव इक्विप्मेन्ट (पिपिई) पनि सहयोगको रुपमा दिएको छ । युएई टर्कीविरुद्ध रणनीतिक पनि संघर्ष गरिरहेको छ, ताकि उसले लिविया, यमन र सोमालियामा पनि आफ्नो प्रभाव राख्न सकोस् ।



युएईले आगामी वर्ष आफ्नो स्वतन्त्रताको पनि ५० औं वार्षिकोत्सव मनाउन गइरहेको छ । यो सँगै हेर्नुपर्ने कुरा भनेको युएईको विश्व रणनीति के हुन्छ र यसलाई उसले सञ्चालित गर्नेछ भन्ने हो ।

सैन्य अनुभव

सन् १९९९ मे महिनाको कुरा हो, जब कोसोबो लडाईंको एक वर्ष बितिसकेको थियो । म अल्बानिया–कोसोबो सीमानामा बनेको एक अति सुरक्षित क्याम्पमा थिएँ । कोसोवाका शरणार्थीले यो क्याम्प भरिएको थियो ।

यो क्याम्पको स्थापना ईमिरेट्स रेड क्रेसेन्ट सोसाईटीले गरेको थियो र त्यहाँ युएईका भान्से, कसाई, टेलिकम ईन्जिनियर र सेनाको एक समूह पुगेको थियो । सेनाको यो समूहले मेसिनगनको साथमा पेट्रोलिङ्ग गरिरहेको थियो ।

हामी एकदिन पहिले मात्र तिरानास्थित संयुक्त अरब ईमिरेट्सको एयरफोर्सको पुमा हेलिकप्टरबाट त्यो क्यापमा पुगेका थियौँ । क्याम्पमा एक जना अग्ला र दाह्री पालेका व्यक्ति मेरो सामुन्ने उभिएर दात माझिरहेका थिए । ती व्यक्ति शेख मोहम्मद बिन जायद रहेछन् । उनी बोयतको रोयल मिलिट्री एकेडेमीबाट ग्रेजुएट भएका थिए ।

संयुक्त अरब ईमिरेट्सको सेनाको जिम्मेवारी उनकै हातमा थियो । मैले उनलाई ‘हामी तपाईंसँग टेलिभिजनको लागि एउटा अन्तर्वार्ता लिन सक्छौं ?’ भनेर सोधेको थिएँ । उनले त्यत्ति ईच्छा देखाएनन्, तैपनि अन्तर्वार्ता दिन तयार भए ।

उनले उतिबेला बताए अनुसार संयुक्त अरब इमिरेट्सले फ्रान्सको साथमा रणनीतिक सहमति गरेको छ । यो सहमतिअनुसार युएईले ४ सय वटा फ्रेन्च लेकलर्क ट्याक किन्दैछ । फ्रान्सले ईमिरेट्सको सेनाको एक समुहलाई आफ्नो देशमा परीक्षण पनि गरेको छ र उनीहरुलाई कारोवोमा खटाएको छ ।

Superpower UAE 2.jpg

तालिवानी सत्ता परिवर्तनपछि

स्वतन्त्र भएको ३० वर्ष पनि नपुगेको युएईको निम्ति यो निकै ठूलो कदम थियो । बाल्कनको त्यो सुदूर इलाकामा, जुन अबुदाबीबाट ३२०० किलोमिटर टाढा छ, संयुक्त अरब ईमिरेट्स आफूलाई खाडी मुलुकभन्दा फरक बनाउन आफ्नो महत्वकांक्षालाई पुरा गर्न जुटेको छ ।

यो अरबको पहिलो यस्तो आधुनिक देश बन्यो, जसले नेटोको सहयोगमा युरोपमा आफ्नो सेना राख्न सफलता हासिल गरेको छ । त्यसपछि उसले अफगानिस्तानमा पनि आफ्नो पाईला राखेको छ । ईमिरेट्सको सेनाले नेटोको साथमा तालिवान शक्तिबाट हट्ने वित्तिकै यो काम गर्न सुरु गरेको थियो भन्ने कुरामा संयुक्त अरब इमिरेट्सका अधिकांश जनता अनविज्ञ छन् ।

सन् २००८ मा बगराम एयरबेसमा म उनीहरुको विशेष सैन्य समूहले के गरिरहेको छ र कसरी काम गरिरहेको छ भन्ने हेर्न पुगेको थिएँ ।

ब्राजिल र दक्षिण अफ्रिकाको सशस्त्र सवारीमा ईमिरेट्सको सेनाले अफ्गानिस्तानको सुदुर गाउँ घुमिरहेको थियो । उनीहरु ती गाउँमा बृद्धबुद्धासँग बस्थे, कुरान र मिठाई बाँड्ने गर्थे ।

उनीहरु प्रश्न गर्दै भन्थे, ‘तपाईंलाई कुन चिजको आवश्यकता छ ? मस्जिद, स्कूल, पानी पिउनको लागि कुवा ?’ जब स्थानीयस्तरको लागि टेन्डर खुल्थ्यो, संयुक्त अरब ईमिरेट्सले त्यसमा लगानी गरिहाल्थ्यो ।

ईमिरेट्सका मानिसहरुको प्रभाव कम थियो तर सर्वत्र थियो । उनीहरुले त्यहाँ पैसा र धर्मको प्रयोग स्थानीय स्तरमा नाटोप्रति मानिसमा भएको शंका दुर गराउन गरेका थिए । हेलमण्ड प्रान्तमा उनीहरुले बेलायती सेनासँग मिलेर लडेका थिए । अमेरिकाका पूर्व रक्षामन्त्री जिम मैटीसले संयुक्त अरब ईमिरेट्सलाई ‘सानो स्पार्टा’ भनेका थिए ।

Superpower UAE 3.jpg

यमन गृहयुद्धमा खराब छबि

जब साउदी अरबका राजकुमार मोहम्मद बिन जायदले सन् २०१५ मा यमनको गृहयुद्धमा भाग लिने निर्णय गरे, त्यो बेला त्यसमा युएईको पनि उपस्थिति थियो । युएईले एफ–१६ फाईटर प्लेनबाट हुती विद्रोहीहरुको विरुद्ध हवाई हमला गरेको थियो र आफ्ना सेनालाई दक्षिणी भागमा उतारेको थियो ।

सन् २०१८ को गर्मी मौसममा यमनी द्विप सोकोक्रामा उनीहरुले आफ्नो सेना राखेका थिए । इरिटियाको खसाब आधारमा युएईको सेनाले हमला गर्नेहरुविरुद्ध जवाफी हमला गरेको थियो । अन्तिम समयमा युएईको सेनाले उनीहरुलाई लाल सागरभन्दा पारी खेदाएका थिए र हुती विद्रोहीहरुको कब्जाबाट हुदैदाको बन्दरगाहलाई मुक्त गराएका थिए ।

त्यतिबेलासम्म यमनको लडाईं ६ वर्ष लम्बिसकेको थियो । तर, कोही पनि बिजेता बन्न सकेको थिएन । हुती विद्रोहीहरु राजधानी सानामा निकै शक्तिशाली थिए, देशको अधिकांस भागमा पनि उनीहरुकै कब्जा थियो ।

लडाईंमा युएईका सैनिकहरुको पनि मृत्यु भएको थियो । एक हवाई हमलामा ५० भन्दा ज्यादा सैनिक मारिएका थिए, त्यही कारण युएईमा तीन दिन राष्ट्रिय शोक पनि मनाईएको थियो । अल–कायदासँग सम्बन्धित केही स्थानीय समूहहरुसँग जोडिएको भनिएपछि युएईको छवीमा धक्का पुगेको पनि थियो ।

यसबाहेक मानवअधिकारवादीहरुले पनि युएईका सहयोगीहरुले दर्जनौं कैदीहरुलाई एक सिपिङ्ग कन्टेनरमा बन्द गरेपछि गर्मीका कारण उनीहरुको मृत्यु भएको भन्ने प्रतिवेदन दिएका थिए ।

इजरायलका साथ नयाँ सम्झौता

युएईले यमनको लडाईंमा आफ्नो भूमिकालाई सीमित गरेको छ । तर, ती क्षेत्रमा टर्कीको प्रभावलाई नियन्त्रण गर्ने उसको कोसिस भने जारी छ ।

टर्कीले सोमालियाको राजधानी मोगादिशुमा प्रभाव जमाएको छ जसका कारण युएई सोमाली भूमिबाट छुट्टिन खोजिरहेका क्षेत्रहरुलाई समर्थन गरिरहेको छ । र, युएईले अदनको खाडीस्थित बेरबेरामा आफ्नो आधार पनि निर्माण गरिरहेको छ ।

युद्धरत लिबियामा युएई रुस र इजिप्टसँग सहकार्य गर्दैछ । उनीहरु पूर्वी भागमा खलिफा हप्तारको सेनालाई साथ दिइरहेका छन् । पश्चिमी भागमा टर्की र कतारको विरुद्धमा उत्रिएका विद्रोहीहरुसँग मिलिरहेका छन् ।

सेप्टेम्बरमा युएईले आफ्नो जहाज र फाइटर जेन बिमान क्रेटे द्विप र ग्रीसको संयुक्त अभ्यासको लागि पठाएको थियो । पूर्वी भूमध्यसागरीय क्षेत्रमा टर्कीसँग उत्खनन गर्ने अधिकारको विषयमा हुनसक्ने सम्भावित विवादलाई मध्यनजर गर्दै उसले यस्तो कदम चालेको थियो ।

अमेरिकाकी हस्तक्षेप पछि संयुक्त अबर ईमिरेट्स र इजरायल बीचको सम्बन्धमा अचानक नाटकीय बदलाव देखिएको थियो । अहिले दुबै देशले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यही सम्झौताअनुसार स्वास्थ्य सेवा, बायोटेक, सांस्कृतिक र व्यापारिक क्षेत्रमा उल्लेखनीय सहमति भएको छ भने इजराइली प्रविधि प्रयोग गरेर उत्कृष्ट रणनीतिकसैन्य र सुरक्षा सम्बन्धको विकास गर्ने क्षमतामा पनि काम गरिँदैछ । यी दुबै देशसँग ईरानको शत्रुतापूर्ण सम्बन्ध छ । इरानले यो सम्झौताको चर्काे विरोध गरेको छ । योसँगै टर्की र प्यालेस्टाईनले प्यालेस्टाइनको सपनामाथि युएईले धोका दिएको आरोप लगाएका छन् ।

Superpower UAE 4.jpg

दोस्रो महत्वकांक्षा

संयुक्त अरब ईमिरेट्को महत्वकांक्षाको अन्त्य यत्तिकैमा हुँदैन । अमेरिकाको सहयोगमा युएई मंगल ग्रहसम्म पुग्ने मिसनको सुरुवात गर्न सफल भएको छ । युएईको यो ‘होप’ नामको मिसनमा २ सय मिलियन अमेरिकी डलर लागत छ ।

सुदुर जापानी द्विबाट प्रक्षेपण गरेपछि यो अन्तरिक्ष यात्रा १ सय २६ हजार किलोमिटर प्रतिघण्टाको रफ्तारले अन्तरिक्षमा कुदिरहेको छ । ४ सय ९५ मिलियन किलोमिटरको दुरी आउँदो फेब्रुअरीमा यसले पुरा गर्दैछ । एक पटक मंगल ग्रहको कक्षमा पुगेपछि यसले त्यहाँको वातावरणमा रहेको ग्यास– जसले मंगल ग्रहलाई घेरेको छ– को जानकारी समेटेर पृथ्वीमा पठाउने छ ।

युएईका विदेश मन्त्री अनवर गारगाश भन्छन्, ‘हामी विश्वस्तरमा भूमिका निभाउन चाहन्छौँ । हामी बाधाहरु तोड्न चाहन्छौँ । त्यस्ता बाधा तोड्न हामीले केही रणनीतिक जोखिम पनि उठाउनै पर्छ ।’

यद्यपी, द्रुत गतिमा युएई विश्व शक्तिको रुपमा आइरहँदा केही विषयले चिन्ताहरु पनि सिर्जना गराएका छन् ।

खाडी मामिला सम्बन्धी विशेषज्ञ माईकल स्टीफन्सका भनाईमा, अरब क्षेत्रमा युएई निकै प्रभावशाली सैन्य तागत हो भन्नेमा आशंक गर्ने ठाउँ छैन । किनकी उ विदेशमा सेना तैनाथ गर्नमा सक्षम छ, जुन अन्य देशहरुले गर्न सक्दैनन् । स्टीफन्स भन्छन्, ‘तर, उसको संख्या र क्षमता सिमित छ । एकै पटक कैयौं समस्याहरुको सामना गर्न पनि उसको निम्ति निकै जोखिमपूर्ण हुनेछ । यसले केही समयपछि उनीहरुलाई नै ‘ब्याकफायर’ गर्न पनि सक्छ ।’ (बीबीसी हिन्दीबाट)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट