काठमाडौं- ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ। ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो।
कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए। उनले भने, ‘हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छौं।’ महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्धरुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाँछेथुको भनाइ छ।
फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले उल्लेख गरे। यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ।