बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने बाबुरामको प्रस्ताव-Sutra News

बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने बाबुरामको प्रस्ताव

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन्। जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले  बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने जिकिर गरेको हुन्।



नेता भट्टराईले राजतन्त्रकालका नमिता-सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाको आइतबार ट्वीटरमा उल्लेख गरे।

गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन्। अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उनको भनाइ छ।

कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन। उनले अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। 

भट्टराईले ट्वीटरमा लेखेका छन्,’राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं: १- अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाईकारबाही;२- अदालतमा छुट्टै बेन्चको स्थापना;३- अपराधीलाई मृत्युदण्ड!’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट