आइपिएल: राजस्थानको लगातार दोस्रो जित-Sutra News

आइपिएल: राजस्थानको लगातार दोस्रो जित

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो।



यसलाई आइपिएल इतिहासमा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल मानिएको छ। यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो। राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो।

जारी आइपिएलमा राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले भने ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए।

त्यस्तै २७ बलमा स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए। खेलमा राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे।

बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए। त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो। पन्जाबका लागि मयंक अग्रवालले शतक पूरा गरे। ५० बल खेलेका उनले १० चौका र ७ छक्काको सहयोगमा १०६ रन बनाउन सफल भए।

त्यस्तै अर्का खेलाडी केएल राहुलले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए। विलेन म्याक्सवेलले १३ रन बनाउँदा निकोलस पोरानले २५ रनको योगदान गरे।

बलिङतर्फ राजस्थानका लागि अंकित राजपुत र टोम करनले समान एक–एक विकेट लिए। दुई खेल खेलेको राजस्थानले चार अंक जोडेको छ भने तीन खेल खेलमा पन्जाबले दुई अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट