व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि-Sutra News

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं– व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल जानकारी दिएका छन्। हिजो आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान आएको रिपोर्टमा पोजेटिभ देखिएको हो।



ढकालका अनुसार अहिले स्वास्थ्यमा कुनै समस्या छैन। उनले सामान्य अवस्थामा घरमै आइसोलेसनमा बसेको जानकारी दिए। केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट