भारतीय मिडियाका ‘फेक रिर्पोट’का बाबजुत पनि नेपाल-चीन सम्बन्ध मजबुत छः राजदूत पाण्डे-Sutra News

भारतीय मिडियाका ‘फेक रिर्पोट’का बाबजुत पनि नेपाल-चीन सम्बन्ध मजबुत छः राजदूत पाण्डे

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीन र नेपालबीच अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन्।



‘त्यस समय (माओ राष्ट्रपति र चाउ एनलाई प्रधानमन्त्री भएका बेला) मा हामीले एउटा सहमतिमा हस्ताक्षर गर्‍यौं र सीमा समस्या समाधान गर्‍यौं,’ चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राजदूत पाण्डेले भनेका छन्, ‘अहिले कुनै समस्या छैन।’

नेपाली राजदूत पाण्डेले हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्न रिपोर्टहरु आइरहेको समयमा यस्तो प्रतिक्रिया दिएका हुन्। डरको मनोवैज्ञानिक अभिव्यक्ति स्वरुप विशेषगरी भारतीय मिडियाले नेपाल र चीनबीच सीमा समस्या रहेको समाचार सम्प्रेषण गरिरहेको उनको भनाइ छ। सीमा समस्या जुनसकै देशकाबीचमा भएपनि यो प्रपोगण्डा गर्ने विषय नभएको राजदूत पाण्डेले बताए।  

भारतीय मिडिया पूर्वाग्रही भएको र कतैबाट प्रभावित भएको हुन सक्ने बताउँदै उनले भनेका छन्, ‘त्यसैले उनीहरुले फेक समाचार र प्रपोगाण्डा प्रकाशित गर्छन्।

नेपाल र चीनबीचको सहकार्य स्वाभाविक हो र यो सुमधुर छ।’ केही समय अगाडि मात्र राजदूतको पद सम्हालेका पाण्डेले राजदूतको रुपमा आफ्नो प्राथमिकता दुई देशबीच भएका सहमतिहरुको कार्यान्वयन भएको बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट