पार्टी सभापति देउवाका क्रियाकलापविरुद्ध पौडेल समूहले दर्ता गराएको १३ बुँदे विरोधपत्रमा के छ ?-Sutra News

पार्टी सभापति देउवाका क्रियाकलापविरुद्ध पौडेल समूहले दर्ता गराएको १३ बुँदे विरोधपत्रमा के छ ?

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ। सो समूहले पार्टी सोमबार १:४० मा पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत् विरोधपत्र दर्ता गराएको हो।



सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर पौडेल समूहका नेताहरू जीवन परियार, धनराज गुरुङ, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी र दीपक गिरीको नेतृत्वले विरोधपत्र दर्ता गराएका हुन्।

विरोधपत्रमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पौडेल समूहमा रहेका २७ जनाले हस्ताक्षर गरेका छन्। पौडेल समूहले विरोध पत्रमा नेतृत्वको कमजोरीदेखि विधानविपरीत गरेको निर्णयको घटनाक्रमसम्म समावेश गरेको छ।

१३ बुँदे विरोधपत्रमा विधानविपरीत गठन भएका केन्द्रीय विभागको खारेजी र क्रियाशील सदस्यतासम्बन्धी निर्णयहरू खारेज हुनुपर्ने लगायतका माग रहेका छन्। 

विरोधपत्रको पूर्ण पाठः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट