नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता हुने-Sutra News

नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता हुने

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा. महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरिएको छ।



दुवै पक्षले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ।

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए। राजदूत पराजुलीले सन् २०२० को सुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेस गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट