नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण, साढे ५४ हजार बढी निको भए-Sutra News

नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण, साढे ५४ हजार बढी निको भए

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप ७४२ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५४ हजार ६४० जना कोरोनामुक्त भएका छन्।

सोमबार थप ४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट