आइपिएल: बेङ्गलोरको लगातार दोस्रो जित-Sutra News

आइपिएल: बेङ्गलोरको लगातार दोस्रो जित

मंगलबार, १३ असोज २०७७

मंगलबार, १३ असोज २०७७

काठमाडौं– युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दोस्रो जीत हासिल गरेको छ।



गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्गलोरले दोस्रो जीत हात पारेको हो।

बेङ्गलोरले मुम्बईलाई २ सय २ रनको लक्ष्य दिएको थियो। मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो। बेङ्गलोरले बिना विकेटको क्षति ११ रन बनायो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट