काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ प्रतितोला नौं सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँ कायम भएको छ।
सोमबार यसको भाउ ९३ हजार तीन सय रुपैयाँ थियो। यता तेजावी सुनको भाउ पनि प्रतितोला नौं सय रुपैयाँले नै बढेर ९३ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार यसको भाउ ९२ हजार आठ सय रुपैयाँ थियो। यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार एक सय ५० रुपैयाँ थियो।