बीपी प्रतिष्ठानमा सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु-Sutra News

बीपी प्रतिष्ठानमा सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।



राजविराज नगरपालिका–४ का ती पुरुषको उपचारको क्रममा आज बिहान ३:१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिएका हुन्।

उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि असोज ९ मा प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै उनलाई बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले दिएको जानकारी अनुसार ती पुरुषमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट