काठमाडौं- सुनचाँदीको भाउ पुनः उकालो लागेको छ। मंगलबारको तुलनामा बुधबार छापावाला सुनको भाउ प्रतितोला पाँच सयले बढेर ९४ हजार सात सय रुपैयाँ पुगेको छ। मंगलबार यसको भाउ प्रतितोला ९४ हजार दुई सय रुपैयाँ रहेको थियो।
यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सयले नै बढेर ९४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार यसको भाउ ९३ हजार सात सय रुपैयाँ थियो।
यता चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर एक हजार एक सय ९० रुपैयाँ कायम भएको छ। मंगलबार यसको भाउ प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ थियो।