गायक अमृत गुरुङको प्रश्नः डा.केसीका माग जनता विरोधी छन् ?-Sutra News

गायक अमृत गुरुङको प्रश्नः डा.केसीका माग जनता विरोधी छन् ?

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं- सांगीतिक समूह नेपथ्यका गायक अमृत गुरुङले डा.गोविन्द केसीको समर्थन गर्दै उनका मागहरू जनता र देश विरोधी छन् भनेर सरकारलाई प्रश्न गरेका छन्। गायक गुरुङले डा.केसीसँगैको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै सो प्रश्न गरेका हुन्।



गुरुङले फेसबुकमा लेखेका छन्, ‘सत्याग्रहको आज १६ औं दिन हो। सरकार हजुर, डा.केसीका माग देश र जनता विरोधी छन्?’

साथै गुरुङले सरकारलाई डा.केसीको मागको बारेमा स्पष्ट पारिदिनुपर्ने वा ती मागको सम्बोधन गरिदिनुपर्ने भन्दै अनुरोध पनि गरेका छन्।

डा.केसीले १६ दिनअघि जुम्लाबाट आफ्नो १९ औं अनसन सुरु गरेका थिए। हाल उनी काठमाडौंको महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार