मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास-Sutra News

मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

जनकपुर- एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन्।



बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन्। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाबासी हुन्। अस्ट्रेलियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनियरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहेका उनी बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन्।

मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ।

उनी भन्छन्, ‘आफू अस्ट्रेलियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो।’ एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिली भाषाको एप विकासले विश्वभरि पुर्‍याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउँछन्। अडियो, भिडियो, ग्राफिक्स र एनिमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट