नेपालमा थप १५५९ जनामा कोरोना संक्रण, ५६ हजार बढी संक्रमित निको भए-Sutra News

नेपालमा थप १५५९ जनामा कोरोना संक्रण, ५६ हजार बढी संक्रमित निको भए

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि १२ हजार २०५ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। 

मन्त्रालयका अनुसार थप १०५७ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५६ हजार ४२८ जना कोरोनामुक्त भएका छन्।

बुधबार थप ७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट