वामदेव गौतमको मुद्दा हेर्दाहेर्दैमा, सुनुवाइ शुक्रबार हुने-Sutra News

वामदेव गौतमको मुद्दा हेर्दाहेर्दैमा, सुनुवाइ शुक्रबार हुने

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदका सर्वोच्चमा परेको रिटमाथिको बहस नसकिदा सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ।



मुद्दामा कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबार सुनुवाई गर्ने गरि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले सूत्रन्यूजलाई जानकारी दिए। 

गौतमका मुद्दामा सुनुवाइका लागि बुधबार धानन्यायाधीशसहितको संवैधानिक इजलास गठन गरिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गर्ने कार्यसूचि थियो।

इजलास ठूलो भएका कारणले पनि आज बहस नसकिएकाले मुद्दा लम्ब्याउनु परेको प्रवक्ता पोखरेलले जानकारी दिए।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि १ असोजमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

भट्ट र त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेवको गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट