२४ घण्टाभित्र पिसिआर परीक्षण​​​​​​​ शुल्क घटनाउन निजी प्रयोगशालालाई अल्टिमेटम, नघटाए परीक्षण अनुमति खारेज गरिने-Sutra News

२४ घण्टाभित्र पिसिआर परीक्षण​​​​​​​ शुल्क घटनाउन निजी प्रयोगशालालाई अल्टिमेटम, नघटाए परीक्षण अनुमति खारेज गरिने

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं– पिसिआर परीक्षण शुल्क तोकेभन्दा धेरै लिने प्रयोगशालाको परीक्षण अनुमति खारेज गरिने भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका नाममा मनलाग्दी रकम लिने प्रयोगशालाको अनुमति खारेज गर्ने प्रष्ट पारेको हो।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले एक पत्रकार सम्मेलनमार्फत ह्याम्स, मेडिसिटी, स्टार, बी एन्ड बी अस्पताल, सूर्या ल्याब, डिकोर ल्याब, सिडिएल ल्याब र इन्टिपेर ल्याबलगायतले बढी शुल्क लिएकाले २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको जानकारी दिए।

शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न–गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट