अलपत्र महिलाको उद्धार-Sutra News

अलपत्र महिलाको उद्धार

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

विराटनगर- प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ। सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन्।



स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहेका उनी एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो।

सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ। कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ।

महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले जानकारी दिए। प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्धबृद्धाको उद्धार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट