खतिवडालाई अमेरिकाको राजदूत बनाउने सरकारको निर्णय, बैरागी बने मुख्यसचिव-Sutra News

खतिवडालाई अमेरिकाको राजदूत बनाउने सरकारको निर्णय, बैरागी बने मुख्यसचिव

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं– निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूत नियुक्त गरेको छ। यसैगरी परराष्ट्र सचिव शंकरदास बैरागी नयाँ मुख्य सचिव नियुक्त भएका छन्।



४ कार्तिकसम्म पदावधि बाँकी रहेपनि मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा गरेपछि आज बसेको मन्त्रिपरिषदको बैठकले बैरागीलाई नयाँ मुख्य सचिव बनाउने निर्णय गरेको हो।

यसअघि मुख्यसचिव रेग्मीलाई अमेरिकाको लागि राजदूत नियुक्त गरिने सम्भावना थियो। तर, खतिवडालाई त्यहाँको राजदूत बनाइएपछि रेग्मी बेलायतको राजदूतका लागि दावेदार बनेका छन्।

खतिवडा १९ भदौसम्म सरकारको अर्थमन्त्रीको जिम्मेवारीमा थिए। राष्ट्रिय सभाको दुई वर्षे पदावधि २० भदौमा सकिने भएका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट