निर्देशक अनुराग कश्यपमाथि बलात्कारको आरोपमा सोधपुछ-Sutra News

निर्देशक अनुराग कश्यपमाथि बलात्कारको आरोपमा सोधपुछ

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

एजेन्सी- भारतीय निर्देशक अनुराग कश्यपलाई बुधबार सोधपुछको लागि मुम्बईस्थित भेर्सोभा प्रहरी चौकी पुगेका छन्।



अनुरागकी श्रीमती पायल घोसले अनुरागको विरुद्धमा दिएको बलात्कारको उजुरीका बारेमा सोधपुछका लागि प्रहरीले बोलाएको जानकारी गराएकी हुन्।   

अनुरागमाथि घोसले सात वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

भारतीय सञ्चारमाध्यम ‘इन्डिया टायम्स’सँगको कुराकानीमा पायलका वकिल नितिन सतपुतेले भनेका छन्, ‘लिखित रुपमा हामीले दिएको उजुरी बलात्कारसँग अन्य विभिन्न आरोपमा भारतीय कानुनको ३७६, ३५४, ३४१ र ३४१ धारा अनुसार छन्।’

घोस र उनका वकिल सेप्टेम्बर २७ मा प्रहरी चौकी पुगेका थिए। अभिनेत्री घोसले कश्यपमाथि गम्भिर कदम नचालेमा आफू भोक हडताल बस्ने समेत भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट