

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई सयले घटेर ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ। बुधबार यसको भाउ प्रतितोला ९४ हजार सात सय रुपैयाँ रहेको थियो।
यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला दुई सयले नै घटेर ९४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार यसको भाउ ९४ हजार दुई सय रुपैयाँ थियो।
यता चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ। बुधबार यसको भाउ प्रतितोला एक हजार एक सय ९० रुपैयाँ थियो।