व्यवसाय थालनीका लागि ‘उद्यमी युवा च्यालेन्ज’ मा ८ युवाको प्रतिस्पर्धा-Sutra News

व्यवसाय थालनीका लागि ‘उद्यमी युवा च्यालेन्ज’ मा ८ युवाको प्रतिस्पर्धा

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- ब्लिन्क भेनचर्स डट कम र ग्लोबल पीस फाउन्डेसन नेपालको सहकार्यमा नेपालमा ‘उद्यमी युवा च्यालेज’ ८ युवाबीच प्रतिस्पर्धा हुने भएको छ। नयाँ व्यवसाय थालनीका लागि सहयोग पुग्ने उद्देश्यले एक लाख धनराशीको प्रतिस्पर्धा आयोजना हुन लागेको हो।



प्रतिस्पर्धामा नेपालका ८ युवाले भाग लिएको आयोजकले बताएका छन्। आयोजकका अनुसार असोज १६ गते शुक्रबार बिहान ११ बजेदेखि भर्चुअल कार्यक्रम सुरु हुनेछ।

ग्लोबल पीस फाउन्डेसनका अन्तर्राष्ट्रिय उपाध्यक्ष डेभिय क्यापराको मन्तव्यसँगै कार्यक्रमको सुरुवात हुने आयोजनकले बताएका छन्।

प्रतिस्पर्धामा अन्तिम चरणमा पुग्न सफल प्रतिस्पर्धीले आफ्नो उद्यम सम्बन्धी परिकल्पना, सोच र योजना निर्णायकका अगाडि प्रस्तुत गर्नेछन्। तीमध्ये उत्कृष्ट हुने तीन व्यवसायिक अवधारणालाई रु १ लाख, ५० हजार र २५ हजारको पुरस्कार प्रधान गरिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट