काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बनधलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि बढाउनुपर्ने बताएका छन्।
नीति अनुसन्धान प्रतिष्ठानले बिहीवार महात्मा गान्धीको १५१ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनु नै गान्धीप्रति सच्चा सम्मान ठहर्ने बताए।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले कार्यक्रममा भने, ‘नेपाल र भारतको सम्बनधलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेछ ।’
उनले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्तिका रुपमा विश्वले गान्धिको स्मरण गर्ने पनि बताए ।