आयल निगमका प्रवन्ध निर्देशक पौडेललाई कोरोना संक्रमण-Sutra News

आयल निगमका प्रवन्ध निर्देशक पौडेललाई कोरोना संक्रमण

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं– नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण भएको छ। कोरोनाको शंकास्पद लक्षण देखिएपछि बुधबार गरिएको स्वाब परीक्षणको रोर्पोट पोजेटिभ आएको निगम स्रोतले जनाएको छ।



‘तीन दिनदेखि सुख्खा खोकी लागेपछि उहाँ घरमै आइसोलेसनमा बस्नु भएको थियो,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘बिहीबार आएको नतिजामा कोरोना देखियो।’

पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा बसेका छन्। आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन पौडेलले आग्रह गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट