

काठमाडौं–कुमारी बैंकले धितोपत्र विनिमय बजारमा कारोवार हुने सेयर खरिदका लागि सस्तो व्याजदरमा ‘कुमारी मार्जिन लेण्डिङ योजना’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिद पश्चात् सोही सेयर धितोमा रहने प्रावधान रहेको छ।
कर्जामार्फत् सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत् बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ। उक्त कर्जा योजना हालसम्म कै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ। हाल बजारमा प्रवाह हुने सेयर कर्जाहरुमा सेयर खरिद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ।
सेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ। ७० वर्षसम्म उमेर पुगेकाले उक्तकर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम शुल्कमा ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन्।