

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा प्रा.डा.उपेन्द्र कोइरालाले सपथ लिएका छन्। बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन्।
कोइरालालाई अब बस्ने सञ्चालक समिति बैठकले बैंक अध्यक्ष चयन गर्ने स्रोत बताएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी केही समय सदस्यको सपथ लिन हच्किएका थिए।