सुर्खेत विमानस्थल विस्तार गर्न समझदारी-Sutra News

सुर्खेत विमानस्थल विस्तार गर्न समझदारी

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

सुर्खेत–कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।



मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहवरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो।

स्तरोन्नतिको काम संघ र प्रदेश सरकारको लागत साझेदारीमा हुने भएको छ । साझेदारी अनुसार विमानस्थल निर्माणका लागि जग्गा अधिकरण, टर्मिनल भवन निर्माण, रनवे विस्तार र अन्य विकासका काम गरिने छन्। समझदारी पत्र अनुसार विमानस्थलको धावनमार्गको लम्बाई एक हजार ५०० मिटरम विस्तार गरिने छ।

उक्त विमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि रु.५० करोड बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेशको राजधानीमा रहेको विमानस्थलबाट यहाँका १० वटै जिल्लामा जोडिन नसकेको हवाई सञ्जाल अब भने जोडिने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट