काठमाडैं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वमाओवादीबाट विभाजित भएर गएका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन् आह्वान गरेका हुन्।
अध्यक्ष दाहाललले डा.बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई एकताका लागि आह्वान गर्दै जे जति फरक विचारहरु छन्, सँगै बसेर छलफल गरी एउटा विधि प्रक्रियामा गएर निर्णय गर्न आग्रह गरे।
एमाले र माओवादी केन्द्रको एकताले एकताको सामथ्र्य पुष्टि गरिसकेको बताए। विश्वभर कम्युनिस्ट कमजोर भएका बेला नेपालका दुई कम्युनिस्ट पार्टीबीचको एकताले झण्डै दुई तिहाइ बहुमत ल्याउन सफल भएको अध्यक्ष दाहालको भनाइ थियो।
दाहालले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको पनि दाबी गरे।