रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु-Sutra News

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

बुटवल– रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।



रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११: ५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।

संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट