

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको भाउमा शुक्रबार पनि सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई सयले घटेर ९४ हजार तीन सय रुपैयाँ कायम भएको छ।
बिहीबार यसको भाउ प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ थियो। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला दुई सयले नै घटेर ९३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार यसको भाउ प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो। यता चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
कोरोना भाइरसको कारण उच्च बिन्दुमा पुगेको सुनको भाउ पछिल्लो समय अस्थिर बनेको हो। यो समय सुनको भाउ दैनिक जसो सामान्य घट-बढ भइरहेको छ।