नेकपाले बोलायो सचिवालय बैठक, शनिबार ४ बजे बस्ने-Sutra News

नेकपाले बोलायो सचिवालय बैठक, शनिबार ४ बजे बस्ने

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि (शनिबार) दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ। शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति हो।



प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न दाहाल शुक्रबार बिहान १० बजे बालुवाटार पुगेका थिए। उनीहरूबीच करीब एक घण्टा कुराकानी भएको थियो।

सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायत सचिवालयका नेताहरू असन्तुष्ट बनेका छन्। 

भोलि बस्ने सचिवालय बैठकमा सो विषय र मन्त्रिपरिषद् पुर्नगठनका सम्बन्धमा छलफल हुने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट