घट्यो मट्टीतेल र डिजेलको मूल्य-Sutra News

घट्यो मट्टीतेल र डिजेलको मूल्य

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- नेपाल आयल निगमले बिहीबर रातिबाट डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपियाँ घटाएको हो।



नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ८९ रुपैयाँ भएको छ। पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य हाललाई यथावत राखिएको पनि निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५ र १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट