काठमाडौं- प्रथम राष्ट्रपति डा.रामवरण यादवले अनशनरत डा.गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताललमा गएर भेटको छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग १९औं दिनदेखि अनशनमा बसेका डा.केसीलाई भेट्न शुक्रबार अनशनस्थलमा गएका यादवले सरकार वार्तामा बस्नुपर्ने बताए।
‘सरकारले उहाँसँग बसेर छलफल गरोस्, वार्ता गरोस्,’ पूर्वराष्ट्रपति यादवले भने, ‘दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ। सरकारले उहाँको स्वास्थ्यमा पनि ध्यान देओस्।’
यादवले डा.केसीले उठाएका विषय जनसरोकारका विषय भएको बताए। विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि अनशनमा बसेका डा.केसीसँग सरकारले अहिलेसम्म पनि वार्ता गरेको छैन।