काठमाडौं- प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने निर्णय भएको छ। शुक्रबार बसेको प्रदेश सरकारको बैठकले दाङस्थित भालुवाङलाई प्रदेश राजधानी बनाउने निर्णय गरेको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेपछि प्रदेश सरकारले सो निर्णय गरेको हो। स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दाङमा राजधानी राख्ने सहमति जुटेको थियो।
शनिबार नै प्रदेशसभाको बैठक डाकेर यसबारे प्रस्ताव दर्ता गरिने बताइएको छ।